नेपालको नयाँ नक्सा सार्वजनिक

तामसालिङ खबर
९ मंसिर २०७६, सोमबार ०८:४५

काठमाडौं – नागरिक समाजका तर्फबाट गठन गरिएको ‘सीमा बचाऊ’ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी ‘सीमा बचाऊ’ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्रा.डा. नरेन्द्रराज खनालले डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन बताए । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको उनले जानकारी दिए ।

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जनाए ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । भारत तर्फबाट नेपाली भूभागमा गोलमाल भएकाले नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*