४० देशका पर्यटनमन्त्री भ्रमण वर्षको उदघाटन समारोहमा सहभागी हुने

तामसालिङ खबर
३० कार्तिक २०७६, शनिबार ०८:३६

कार्तिक ३०, काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा ४० देशका पर्यटन मन्त्रीहरु सहभागी हुने बताएका छन् ।

प्रदेश नम्बर तीनको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० को पूर्व तयारी छलफलमा मन्त्री भट्टराईले उक्त धारणा राखेका हुन् । यस्तै, भ्रमण वर्षको उदघाटन समारोहमा ४० भन्दा बढि देशका प्रसिद्ध कलाकारहरु समेत सहभागी हुने मन्त्री भट्टराईको भनाइ थियो ।

यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीतिक नियोगहरुलाई जनवरी ७ मा भ्रमण वर्षको भव्य कार्यक्रम गर्न आवश्यक पत्रचार अनुसार तयारी भइसकेको समेत मन्त्री भट्टराईले बताए ।

विदेश स्थित नेपालको दूताबासमा सोही देशका प्रधानमन्त्री, राष्ट्रपति, उच्च तहका नेता, पर्यटन व्यवसायी, कलाकारहरुको उपस्थितिमा भ्रमण वर्षको शुरुवात गर्न पत्रचार गरिसकेको मन्त्री भट्टराईले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*