आवासीय कृषि तालीमको आवेदन खुल्यो (सूचना)

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार १९:१०

कार्तिक २९, काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद्ले आवासीय कृषि तालिमका लागि आवेदनको माग गरेको छ । परिषद्ले इच्छुक उद्यमी कृषक र युवाहरुलाई आवेदन दिन १५ दिनको म्याद तोकेको छ ।

आवेदन फाराम www.narc.gov.np बाट डाउनलोड गरी भर्न सकिने व्यवस्था गरिएको छ । आवेदन तालिम सञ्चालन हुने सम्बन्धित कार्यालयको इमेल ठेगानामा पठाउनु पर्नेछ ।

तालिम बञ्चालन नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका कार्यालय बह्य अनुन्धान महाशाखा, खुमलटार, ललितपुर, कृषि इन्जिनियरिङ महाशाखा, खुमलटार, ललितपुर, राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, धनकुटा, बाख्रा अनुसन्धान केन्द्र, बन्दीपुर, तनहुँ, कफी अनुसन्धान कार्यक्रम गुल्मी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, सुनसरी र कृषि अनुसन्धान केन्द्र, पाख्रिबास, धनकुटालाई तोकेको छ।

सुरक्षित तरकारी खेती तथा उद्यमशीलता, मध्य पहाडी क्षेत्रमा कृषि यान्त्रिकीकरण, व्यावसायिक सुन्तलाजात नर्सरी व्यवस्थापन, व्यावसायिक बाख्रा पालन, कफी नर्सरी तथा बगैँचा व्यवस्थापन, व्यावसायिक कुखुरा तथा बङ्गुर पालन र व्यावसायिक अलैँची खेती सम्बन्धी तालिम दिइने परिषद्ले जनाएको छ ।

सूचना हेर्नुहोस –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*