उत्तरी क्षेत्रमा सीमा मिचेपछि चीन बिरुद्ध काठमाण्डौमा मौन जुलुस

तामसालिङ खबर
२८ कार्तिक २०७६, बिहीबार ११:२२

कार्तिक २८, काठमाण्डौ – लिपुलेक र कालापानीको बारेमा विरोध भइरहेको बेला चीनले पनि सीमा मिचेका भूमि विरुद्ध बुधबार काठमाण्डौमा मौन जुलुस गरेका छन् । चीनियाँहरुले सीमादेखि व्यवसाय सम्ममा अवैध हर्कत देखाएपछि बुधबार पर्यटकीय नगरी ठमेल क्षेत्रमा मौन जुलुस भएको हो ।

चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको छ । सोही विषयलाई लिएर स्वतन्त्र नागरिक समूहले विरोध जनाएका छन् । ‘संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भुभाग मिचेको हो,’ भन्दै ¥यालीमा प्लेकार्ड सहित विरोध जनाएका थिए । उनीहरुले ‘अवैध चीनियाँ नागरिक फिर्ता जाउ’ जस्ता नाराहरु थिए ।

कुन जिल्लामा कति मिच्यो ?
चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ । हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालीमा ४ हेक्टर, रसुवाको सन्जेन खोलामा ७ हेक्टर, भुर्जुग खोलामा १ हेक्टर, लेम्दे खोलामा १ हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिम सम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भूभाग तिब्बततर्फ गइरहेको मन्त्रालयको नापी शाखाले जनाएको हो ।

मौन ¥याली चीनियाँ व्यवसायी आएपछि विस्थापनमा परेका, अवैध घरभाडा सम्झौता गरी फसेका र चीनियाँहरुका कारण दुःख पाएका व्यक्तिहरु सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*