स्पेनका लागि राजदूतको कार्यभार दावा फुटी शेर्पाले सम्हालिन्

तामसालिङ खबर
२८ कार्तिक २०७६, बिहीबार १०:३८

कार्तिक २८, काठमाण्डौ – स्पेनका लागि नेपालका नवनियुक्त राजदूत दावा फुटी शेर्पाले आफ्‍नो कार्यभार सम्हालेकी छन् । उनले मंगलबार देखि म्याड्रिड स्थित नेपाली दूतावासमा राजदूतको जिम्मेवारी सम्हालेकी हुन् । उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा नियुक्ती गरेकी थिइन् । यसअघि स्पेनको राजदूतमा भरतबहादुर रायमाझी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*