हेटौडामा अष्टकुमारी शाक्य स्मृति क्रिकेट प्रतियोगिता हुने

तामसालिङ खबर
२८ कार्तिक २०७६, बिहीबार ०९:२८

कार्तिक २८, हेटौडा – जेसीआई हेटौंडाको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको अष्टकुमारी शाक्य स्मृति जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । मंसिर १ गतेबाट ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने हेटौंडा जेसीजका अध्यक्ष सन्देश डिसीले बताउनु भयो ।

प्रतियोगिताको विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुशासित टिमलाई १० हजार, म्यान अफ द सिरिजलाई ५ हजार, बेष्ट ब्याट्सम्यान र बलरलाई जनही २/२ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यस्तै, यस बर्षको प्रतियोगितामा सहभागी हुने टिमले जिल्ला बाहिरका ३ जना खेलाडी सहभागी गराउन पाउनेछन् । प्रतियोगिताको लागि हेटौंडा जेसीजका पूर्व अध्यक्ष पूर्ण शाक्यले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । क्रिकेटको कार्यक्रम संयोजकको रुपमा हेटौंडा जेसीजका कोषाध्यक्ष पुष्पराज पुडासैनी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*