विप्लब समुहको नारायणी व्युरो सदस्य सहित २० जना नेकपामा प्रवेश

तामसालिङ खबर
२५ कार्तिक २०७६, सोमबार ०८:१३

कार्तिक २५, हेटौडा – प्रतिबन्धित विप्लब समुहले नेतृत्व गरेको पार्टी परित्याग गर्दै २० जना कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

नारायणी व्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा बलराम नेगी, आइसमान ब्लोन सहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले बताउनु भयो ।

प्रतिनिधि सभाका सदस्य समेत रहेका नेकपाको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेहरूलाई टीका र खादा लगाएर स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा नेकपा नेता खतिवडाले नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारले र सर्वहारा वर्गको हितमा काम गरिरहेको बताए । सरकारले राष्ट्रियताका पक्षमा काम गरिरहेको उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*