नेताहरुको ऐक्यबद्धताः कालापानी लिपुलेकबारे भारतसँग उच्चस्तरीय वार्ता गर्ने

तामसालिङ खबर
२४ कार्तिक २०७६, आईतवार ०९:२९

कार्तिक २४, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताएका हुन् ।

बैठकमा सहभागीहरूले सीमा समस्याको विषयलाई राजनीतिक र कुटनीतिक माध्यमबाट समाधान गरिनु पर्ने सुझाव दिएका थिए । मन्त्री ज्ञवलीले भन्नुभयो, सबैको एउटै स्वर छ कालापानी क्षेत्र भित्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद ढंगले नेपालको भूभाग हो । महाकालीको उद्गम लिम्पियाधुराबाट बग्ने कुटियाङ्दी नदी हो ।

नेपालको सिमाना त्यहाँ सम्म विस्तार भएको छ । राष्ट्रिय सहमति र राष्ट्रिय एकतालाई आधार बनाएर नेपाल सरकारले भारत सरकारसँग प्रभावकारी कुटनीतिक माध्यमबाट वार्ता अगाडि बढाउनुपर्छ ।

सरकारले लिएको अडान सही भएको पनि नेताहरुले बताएका छन् । तर भारतसँग समयमै सम्वाद गर्न पनि नेताहरुले सरकारलाई सुझाव दिएका छन् । समाचार गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*