७५ प्रतिशतले घटे, लोकसेवा आयोगमा आवेदन दिनेको संख्या

तामसालिङ खबर
२४ कार्तिक २०७६, आईतवार ०८:३०

कार्तिक २४, काठमाडौं – लोकसेवा आयोगलाई गत आर्थिक बर्ष विज्ञापन ‘होलिडे’का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो ।

गत आर्थिक बर्षमा संघ तर्फ १ लाख ४३ हजार ८ सय ४० जनाले आवेदन दिएका थिए । खरिदामा सबभन्दा बढी ६४ हजार ७ सय ३३ दरखस्त परेको आयोगको प्रतिवेदनमा उल्लेख छ । कुल दरखास्तको २९ प्रतिशत प्रदेशले ओगटेको छ । त्यसमा पनि सबैभन्दा बढी सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहाका छन् ।

सबैभन्दा कम मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी पश्चिम र डोल्पाबाट परेको छ । सबैभन्दा बढी २१ देखि २५ बर्ष उमेर समूहका ३५ प्रतिशत उम्मेदवार छन् । दरखास्त दिनेको औसत उमेर २६ बर्ष छ ।

संघमा परेको न्यून दरखास्तको क्षतिपूर्ति स्थानीय तहको विज्ञापनले गरेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*