साइकलिङ अफरोड च्याम्पियनसिप हेटौंडामा हुने
कार्तिक २२, हेटौडा – तिन नम्बर प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक अफरोड साइकलिङ च्याम्पियनसिप हुने भएको छ । हेटौंडा राइर्डस क्लबको आयोजनामा आउदो पुस १२ गते च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताउनु भयो ।
च्याम्पियनसिपमा देशभरबाट खुल्ला रुपमा जो कोहीले पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । क्लबले विभिन्न कार्यक्रम गर्दै आइरहेको बेला भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।
च्याम्पियनसिपमा सहभागिता जनाउन एक हजार दर्ता शुल्क लाग्ने, विजेताहरुलाई नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव दीनचन्द्र पौडेलले बताए ।