राक्सीराङमा जनप्रतिनिधिलाई डोकोमा गाग्री बोकाएर खानेपानी माग

तामसालिङ खबर
२१ कार्तिक २०७६, बिहीबार ११:१४

कार्तिक २१, हेटौडा (राक्सीराङ) – गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए –पानीले भरिएका गाग्री डोकामा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने ।

त्यसपछि नेताहरुको चेत खुल्लाकी भन्ने सोचेका थिए, गाउँलेले । उक्त समस्या सुल्झाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका  थिए । त्यो उपाय सफल भयो ।

मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–८ स्थित महांकाल बस्तीमा पुगेका विभिन्न दलआबद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको ग्राग्री डोकोमा राखेर बोक्नुप¥यो । यो समाचार नेपाल समाचारपत्रमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*