इमर्जिङ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

तामसालिङ खबर
२१ कार्तिक २०७६, बिहीबार १०:५७

कार्तिक २१, काठमाण्डौ – यही नोभेम्बर १२ देखि २४ तारिख सम्म बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार राति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लले कप्तानी गर्ने उक्त प्रतियोगितामा पूर्व कप्तान पारस खड्का भने अट्न सकेनन् । पारससंगै अर्का क्रिकेटर सन्दीप लामिछाने पनि खेल्न पाउने छैनन् । सन्दीप पनि टी–१० खेल्न युएई जाँदैछन् ।

सन्दीपले एमसीसी विरुद्धको फस्ट क्लास क्रिकेट भने खेलिरहेका छन् । टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सहित नेपाल, ओमान र हङकङले खेल्ने प्रतियोगिताको नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा भएको टिममा दिपेन्द्र सिंह ऐरी ‘उपकप्तान’, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहरा,
कुशल भुर्तेल लगायत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*