बिद्युत प्राधिकरणले १५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्रस्ताव

तामसालिङ खबर
२१ कार्तिक २०७६, बिहीबार ०९:४०

कार्तिक २१, काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशत सम्म विद्युतको महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबार नै विद्युत् नियमन आयोग समक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*