जेलमै हुँदा रेशम चौधरीलाई सपथ खुवाएका ‘सभामुख’ महरा उहीँ ठाउमा पुगे

तामसालिङ खबर
१९ कार्तिक २०७६, मंगलवार १०:१५

पूर्व सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारमा पुर्‍याइएको छ । यसअघि जेलमै भएका बेला राजपा सांसद रेशमकुमार चौधरीलाई सपथ खुवाउँदै फूलमाला लगाइदिएका महरा पुर्पक्षका लागि उही कारागार पुगेका हुन्।

उनीहरुसँगै यो कारागारमा दुई भिआइपी प्रहरी पनि छन् । भ्रष्टाचार मुद्दामा पूर्व आइजिपी रमेश चन्द ठकुरी र श्रीमतीको हत्या गरेको मुद्दामा शसस्त्रका पूर्व डिआइजी रन्जन कोइराला पनि यहीँ जेल जीवन काटिरहेका छन् ।

काठमाडौं जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोपमा महरालाई पुर्पक्षका लागि सोमबार थुनामा पठाएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामै राखेर कानुनी कारबाही अघि बढाउन आदेश दिएको हो।

‘सभामुख जस्तो गरिमामय पदमा आसिन भएका महराले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीजस्तो जघन्य अपराध गरेको अभियोग लागेकोमा फौजदारी कार्यसंहिता २०६७ को दफा ६७ मा भएको कानुनी व्यवस्था समेतका आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी (कृष्णबहादुर महरा) लाई प्रस्तुत मुद्दा पक्षका लागि थुनामा राख्न र उक्त दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई डिल्लीबजार कारागारमा पठाइदिनु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम यो आदेश गरिन्छ,’ आदेशमा भनिएको छ ।

महरालाई असोज १९ गते आइतबार साँझ पक्राउ गरिएको थियो। महराले असोज १३ गते सभामुखबाट राजीनामा दिएका थिए । नेपाल न्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*