इञ्जिनीयर सहित ३ जना विरुद्ध मुद्दा दर्ता

तामसालिङ खबर
१९ कार्तिक २०७६, मंगलवार ०९:१५

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठक सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि पाँच लाख बराबरको घुस लिएको अभियोग लागेको छ ।

आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*