प्रदेश तिनमा स्याउको बिरुवाको लागि ५० प्रतिशत अनुदान दिने

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार १०:५२

कार्तिक १८, हेटौंडा – प्रदेश तिनको मुकाम हेटौडाको कृषि विकास निर्देशनालयद्वारा जारी सुचना अनुसार स्यौनु खेतीको लागि इच्छुक किसानलाइ ५० प्रतिशत अनुदान दिने भएको छ ।

आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दोलखा, रसुवा, सिन्धुपाल्चोक , रामेछाप, धादिङ जिल्लामा साझेदारीमा बृहत्तर स्याउ विकास तथा विस्तार गर्ने भएको छ ।

यसका लागि कम्तिमा ५ रोपनी जग्गा भएका र प्रति रोपनी १५० विरुवा लगाउन इच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषक, कृषक समूह, कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन दिन सक्नेछ निर्देशनालयले जनाएको छ ।

सूचना हेर्नुहोस :-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*