सरकारले सातवटा सुरुङमार्ग बनाउने

तामसालिङ खबर
१८ कार्तिक २०७६, सोमबार ०९:०६

कार्तिक १८, काठमाडौँ – सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ ।

यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यस लगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ ।

सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोट लगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*