ज्ञानेन्द्र मल्ललाई, नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा नियुक्त

तामसालिङ खबर
१५ कार्तिक २०७६, शुक्रबार ०८:३३

कार्तिक, काठमाण्डौ – नेपाल क्रिकेट संघ(क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो ।

अर्को निर्णय नहुँदा सम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् । नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ ।

त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउनेछ । गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*