मुग्लिन-पोखरा सडक चार लेनमा विस्तारको लागि एडीबीले २१ अर्ब ऋण दिने

तामसालिङ खबर
१५ कार्तिक २०७६, शुक्रबार ०८:२१

 

कार्तिक, कठमाण्डौ – एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ । एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो ।

एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो । १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लािग सहमति जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*