नेकपा राक्सिराङद्वारा कैदीबन्दीलाई दुईवटा राँगो हस्तान्तरण

तामसालिङ खबर
११ कार्तिक २०७६, सोमबार ०७:५२

कार्तिक ११, हेटौडा (भीमफेदी) – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राक्सिराङ गाउँ कमिटीको संयोजनमा भीमफेदी स्थित क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीहरुको लागि दुई वटा राँगो हस्तान्तरण गरिएको छ ।

नेपालीहरुको पर्ब दीपावलीको अबसरमा आइतबार एक कार्यक्रमका बीच कारागारभित्र पनि चाडपर्वहरुको अनुभूति होस् भन्ने हेतुले राँगो उपहार दिइएको नेकपा राक्सिराङ गाउँपालिका अध्यक्ष हस्तबहादुर मुक्तानले बताउनुभयो ।

कैदीबन्दीहरुले बिजयादशमी सुरु हुनुअघि नै मासुजन्य व्यवस्थापनका लागि स्थानीय तह र सहयोगी दाताहरुलाई पत्राचार गरी खसी र राँगाहरु माग गरेका थिए । सोही बमोजिम दीपावलीको पूर्वसन्ध्यामा राँगा दिइएको नेकपा राक्सिराङका अध्यक्ष मुक्तानले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा तिन नम्बर प्रदेशको सदस्य ओमबहादुर ग्लान, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कैलाश गाउँपालिका उपाध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउपलिका ३ को वडाध्यक्ष बाबुलाल स्याङ्तान, ६ नं वडाध्यक्ष सिंगलाल चेपाङ, कार्यपालिका सदस्य सिमोन सुनार, नेकपा जिल्ला सचिवालय सदस्य बनस्तम थिङ, नेकपा राक्सिराङका सचिव ओम स्याङ्तान सहितको सहभागी थियो ।

यसअघि राक्सिराङ गाउँपालिकाको तर्फबाट पनि भीमफेदी कारागारका कैदीबन्दीहरुका लागि खसी प्रदान भएको थियो । प्रतिबन्धित लागूऔषध गाँजाको कारोबारका क्रममा राक्सिराङ, कैलाश र मनहरीका दर्जनौ मानिसहरु भीमफेदी कारागारमा जेल जीवन बिताइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*