२ करोड ६७ लाख सहित २५ जना जुवाडे समातिए (नामसहित)
कार्तिक १०, काठमाडौं – महाराजगञ्जको साम्बाला होटेल पछाडि जुवाखालबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । महराजगञ्जको साम्बला होटलको पछाडि विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।
शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान शुरु गरिएको सुवेदीले जानकारी दिए ।
यी हुन् पक्राउ परेकाहरू –
– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो सञ्चालक घरधनी)
– जिल्ला दोलखा भिमेश्वर नगरपालिका–५ बस्ने रामकृष्ण केसी
– दोलखा जिल्ला भिमेश्वर नगरपालिका–५ बस्ने ईन्द्र श्रेष्ठ
– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१५ स्यम्भु बस्ने रञ्जन राजबंशी
– काठमाडौं महानगरपालिका–३५ बस्ने श्यामप्रसाद पराजुली
– काठमाण्डौ महानगरपालिका–२६ बस्ने अशोक श्रेष्ठ
– काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–११ बस्ने सिताराम खड्का
– जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–११ बस्ने रोशन तामाङ्ग
– काठमाडौं महानगरपालिका–२९ बस्ने राम तामाङ्ग
– काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–६ बस्ने कृष्ण भण्डारी
– काठमाडौं महानगरपालिका–६ बस्ने सुमन अग्रवाल
– ओखलढुंगाको पाप्ले–३ घर भई बस्ने सुमन गुरुङ्ग
– जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका–३ घर भई बस्ने सोवित शिलवाल
– जिल्ला ललितपुर पुल्चोक नगरपालिका–२० बस्ने सोहेल कार्की
– काठमाडौं महानगरपालिका–९ बस्ने पवन अग्रवाल
– रामेछापको बागमती भण्डारी नगरपालिका–३ बस्ने पवित्रकुमार कार्की
– काभ्रेपलाञ्चोकको बाल्टिङ गाउँपालिका–४ बस्ने बलराम सापकोटा
– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ बस्ने धावा लामा
– काठमाडौं महानगरपालिका–१५ बस्ने मुक्ती लामा
– जिल्ला बारा निजगढ नगरपालिका–९ बस्ने शम्भु बुढाथोकी
– ललितपुरको ठेचो नगरपालिका–९ गोदावरी बस्ने प्रेम थापा मगर
– काठमाडौं महानगरपालिका–२ भाङ्गी बस्ने बुद्ध लामा
– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ बस्ने शम्भु शेर्पा
– काभ्रेपलाञ्चोकको तिमाङ गाउँपालिका–६ बस्ने नवाङ्ग लामा
– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ का प्रदीप बोगटी