चलचित्र ‘सुर्य किरण’को पहिलो गीत रिलिज, मंसिर २० गते देखि देशभर प्रदर्शन हुने

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार ०८:३८

कार्तिक १०, हेटौडा – तामाङ सिने क्षेत्रमा ब्यस्त रहेका सदाबहार नायक अमिर दोङको निर्देशनमा बनेको चलचित्र ‘सुर्य किरण’को गीत रिलिज भएको छ ।

‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ बोलको गीत रिलिज भए संगै मंसिर २० गते देखि देशभर रिलिज गर्ने तयारी रहेको चलचित्र युनिटले जनाएको छ । डम्फु मिडिया हाउस प्रालिको लागि मेलिना प्रजाको प्रस्तुतिमा रहेको चलचित्रलाई नायक तथा निर्देशक अमिर दोङले पहिलो चोटी नेपाली फिल्म निर्देशन गरेको हो ।

सेलो लयमा रहेको रिलिज गीतमा ब्यस्त नायिका केकी अधिकारीको अभिनय रहेको छ । उनलाई गीतमा निर्देशक अमिर दोङले साथ दिएको छ । गीतमा गायक तथा संगीतकार विशाल काल्तानको स्वर रहेको छ भने शब्द, संगीत गायक काल्तानकै रहेको छ । अमित चेपाङले निर्माण गरेको चलचित्रमा चेपाङ समुदायबाट निर्माण गरिएको यो नै पहिलो रहेको छ ।

चलचित्रमा सबिन श्रेष्ठ, मेलिना प्रजा, रन्जित तामाङ, कुइसाङ रुम्बा, मन्जु श्रेष्ठ, भुइसाल लामा, नोर्साङ दोङ लगायतको मुख्य अभिनय रहेको छ । अतिथि कलाकारको रुपमा ब्यस्त नायिका केकी अधिकारी र नायक तथा निर्देशक अमिर दोङलाई देख्न सकिने छ ।

चलचित्रमा रितुराज पाख्रिनले कथा तथा पटकथा लेखेको छ भने छायाँकन विक्रम लामा र अभिषेक माझीले गरेका छन् । कोरियोग्राफी र दृश्य सम्पादन अजय स्याङ्तानले गरेको छ । फिल्ममा द्वन्द राजु तामाङको रहेको छ ।
गीत हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*