चितवन सम्म पाइपलाइनबाटै डिजेल र ग्यास ल्याउने सहमति

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार ०६:२९

कार्तिक १०, हेटौडा – भारतबाट पाइपलाइन मार्फत अमलेखगन्ज सम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ ।

भारत मोतीहारीबाट चितवन सम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसनबीच सहमति भएको छ ।

करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गरिनेछ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पैडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवन सम्म पाइपलाइन विस्तार गर्ने सहमति आइओसीसँग भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*