प्रहरीले आलमलाई सघाउनेको निगरानी थाल्यो

तामसालिङ खबर
९ कार्तिक २०७६, शनिबार ०७:३१

कतिक ९, काठमाडौं – मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्ति विरुद्ध प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख पद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरीले मुख्यालयले निर्देशन दिएको छ ।

राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिक सँगै अन्य सहयोग भइरहेको छ ।

‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन् । पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ,’ उनी भन्छन्, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ ।’

प्रहरीले घटना अनुसन्धान नगरी आलमलाई सहयोग पुर्याउने बहालवाला र पूर्वप्रहरी अधिकृत विरुद्ध आवश्यक परे बयान लिन रौतहट प्रहरीलाई निर्देशन दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*