इलामकाे कन्याममा ‘टी टेस्टिङ सेन्टर’ बन्ने

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार १०:२५

कात्तिक ८, सुर्योदय – चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै इलामको सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ ।

सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो । यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालिकाले समेत साझेदारीमा सेन्टर निर्माणका लागि रकम विनियोजन गर्ने भएको छ ।

चिया परीक्षण केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमै खर्च गर्नेगरी प्रदेश सरकारबाट पाँच करोड विनियोजन भएको छ । उक्त बजेटको २० प्रतिशतले हुन आउने रकम अर्थात् एक करोड रुपैयाँ सूर्योदय नगरपालिकाले खर्च गर्ने र साझेदारीमा चिया परीक्षण केन्द्र खोल्ने गरी निर्णय भएको होे । नगरपालिकाले तयार गरेको डिजाइन इस्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम २६ करोडभन्दा बढी छ ।

देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवर्द्धन गर्न सकिने बताइएको छ । सूर्योदय नगरपालिकाभित्र ६३ वटाभन्दा बढी सानाठूला चिया प्रशोधन उद्योगहरु छन् । त्यसैले यस नगरपालिकालाई अर्थोडक्स चियाको राजधानीका रूपमा मानिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*