पेपेको दुई गोलले आर्सनलको जित

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार १०:१६

एजेन्सी – युइएफए युरोपा लिग अन्तर्गत आर्सनलले भिक्टोरिया गुइमारेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले भिक्टोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

आर्सनलको जितमा निकोलस पेपेले २ गोल गरेका थिए भने गाब्रियल मार्टीनेलले एक गोल गरेका थिए । त्यस्तै भिक्टोरियाका लागि मार्कस एडवार्डस र ब्रुनो डुआर्टेले एक एक गोल गरेका थिए ।

यो जितसहित आर्सनलले समुह एफ अन्तर्गत तिनै खेलमा जित हासिल गर्दै ९ अंक हासिल गरेको छ । त्यस्तै भिक्टोरियाले तिनै खेलमा हार बेहोरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*