सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ०८:१२

कार्तिक ८, काठमाण्डौ – सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ ।

यस अघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो ।

सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ । इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ ।

मुलुकी अपराध संहितामा कुनै पनि व्यक्ति कुनै कसुरमा अदालतबाट कनुन बमोजिम कसुरदार ठहर भइसकेको अवस्थामा ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*