अमेरिकन डीभीले राहदानी बनाउने ५ गुणा बढे

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार १३:५१

कार्तिक ५, काठमाण्डौ – यस बर्ष डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म खुल्न साथै उपत्यका बाहिरका नेपाली सेवाग्राहीहरु राहदानी लिन काठमाडौँ ओइरिएका छन् । राहदानी विभागले सधैंको भन्दा भन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।

गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ आएर तत्कालै राहदानी (एमआरपी) झिक्नेको संख्या ह्वात्तै बढेको हो । अरु बेला जिल्ला संकलन केन्द्रबाट आउने सहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहने गरेकोमा पछिल्ला दिनमा झन्डै चार हजार जनाले आवेदन भरिरहेका छन् । यसमा पनि एक तिहाई जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*