सम्झौता सकिएपछि, हेटौडा बसपार्कको ढाटबाट कर संकलन कार्य बन्द

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार १०:०८

कार्तिक ५, हेटौडा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको हेटौडा बसपार्कमा रहेको कर संकलन केन्द्रबाट आज देखि कर संकलन कार्य बन्द भएको छ ।

नाईस नेपाल कन्ट्रक्सन पोखरा र हेटौडा उपमहानगरपालिका कार्यालय बिच भएको कर संकलन सम्झौताको अवधि सकिएपछि आजबाट कर संकलन कार्य बन्द गरिएको हो ।

कन्ट्रक्सन र हेटौडा उपमहानगरपालिका विच एक बर्षे कर संकलनका लागि गरिएको ठेक्का सम्झौता सकिएकोले तत्कालका लागि उक्त कर संकलन केन्द्रबाट सडक पुर्वाधार मर्मत सम्भारका लिदै आएको कर संकलन कार्य बन्द गरिएको हेटौंडा उपमहानगरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले सोमबार राति १२ बजे सम्म मात्र कर संकलन गर्न पाउने भन्दै मंगलबार ढाटबाट उठाउदै आएको सडक पुर्वाधार मर्मत सम्भार कर उठाउन नपाउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*