गायिका रूम्बाको छैटौ कोसेली ‘लौन यो च्याङ्बाले’ (भिडियो)

तामसालिङ खबर
४ कार्तिक २०७६, सोमबार २२:२५

कार्तिक , हेटौडा – नेपाली तथा तामाङ सांगीतिक क्षेत्रमा पाइला बढाईरहेकी मकवानपुरे गायिका सुजना रूम्बाको आवाजमा रहेको तामाङ सेलो गीत रिलिज भएको छ । मकवानपुरको विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिएको सेलो गीत ‘लौन यो च्याङ्बाले पिरती लौ भन्छ” बोलको म्युजिक भिडियो गायिका रूम्बाको छैटौं कोशेली स्वरुप सार्वजनिक भएको हो ।

गायक तथा संगीतकार टिका बम्जनको शब्द संगीतमा रहेको गीतलाई पवन लामाले एरेन्ज गरेका हुन् । अजय वाइबाको छायांकन तथा सम्पादनमा बनेको म्युजिक भिडियोलाइ मकवानपुरको पर्यटकीय स्थल मार्खु, चित्लाङ, हेटौंडा लामसुरे, कमलडाँडा गुम्बा लगायतको रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतलाई राजकुमार थिङको निर्देशन रहेको छ ।

धनु मनु लामाको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोमा निर्देशक थिङ संगै कृशला तितुङको अभिनय रहेको छ । तामाङ जातिको संस्कृती र पहिचान झल्किने गरि तामाङ पहिरनमा मौलिकता झल्काउने भिडियो तयार पारिएको गायिका रुम्बाले बताउनु भयो ।

भिडियो हेर्नुहोस :-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*