समाजसेवी तामाङको नेतृत्वमा बिद्यार्थीलाई पोशाक लगायत शैक्षिक सामग्री वितरण

तामसालिङ खबर
३० आश्विन २०७६, बिहीबार १२:५५

असोज ३०, काभ्रे – समाजसेवी तथा शिक्षा प्रेमी शंकरमान तामाङ र इटाली नागरिक पाउलोको नेतृत्वमा काभ्रेको तेमाल गाउँपालिका वडा न. २ स्थित सर्वोद्धार मावि. चुखामा अध्ययनरत बिद्यार्थीहरुलाई बुधबार पोशाक लगायत शैक्षिक सामग्री वितरण गरेको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रम डिल्लीमान तामाङको सभापतित्वमा एबम इटाली नागरिक पाउलोको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा शिशु कक्षा देखि कक्षा १० सम्मका १७० विधार्थीहरुलाई पोशाक तथा स्टेशनरी वितरण गरिएको बिद्यालयको प्रधानाध्यापक ज्ञान्जामान लामाले बताउनु भयो ।

विद्यालयलाई मा.वि. शिक्षक देखि विद्यार्थीको शैक्षिक गुणस्तरको लागि स्टेसनरी कम्प्युटर सहयोग गर्दै पोशाक वितरण गरेकोमा धेरै-धेरै धन्यवाद दिदै आगामी दिनहरूमा यसरी विद्यालयलाई गुणस्तर बनाउन सहयोग निरन्तरता दिन अनुरोध गर्नुभएको   थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*