तिहारमा क्रुजसिप संचालन हुने

तामसालिङ खबर
२५ आश्विन २०७६, शनिबार ०९:१९

असोज २५, चितवन – चितवनको नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भरतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ ।
अहिलेको संरचनाले पानीजहाजको आकार देखिएको छ ।

अबको एक महिनामा पानीजहाजको झल्को दिनेगरी क्रुजमा बसेर नारायणी नदीमा सयर गर्न पाइन्छ । रात्रीकालिन सेवासहितको क्रुज सञ्चालनको तयारी गरिएको छ । यसमा केन्द्रदेखि स्थानीय सरकारले चासो देखाएका छन् ।

तिहारअघि क्रुज सञ्चालनको तयारी गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुजसिप सञ्चालनमा ल्याउन लागेको हो । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*