चिनियाँ राष्ट्रपति सीको भ्रमणमा पत्रकारलाई ‘ड्रेस कोड’

तामसालिङ खबर
२४ आश्विन २०७६, शुक्रबार ०८:१५

असोज २४, काठमाडौं – सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ ।

विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि ‘टाइसहित सुट सेट’ र महिलाका लागि ‘सुट सेट, सारी वा सभ्य कुर्ता’ तोकिएको छ।

निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ। राष्ट्रपति सी नेपाल र भारतको भ्रमणका लागि आज शुक्रबार निस्कँदैछन् ।

शनिबार दिउँसो नेपाल आइपुग्ने उनी आइतबार स्वदेश फर्किनेछन् । राष्ट्रपति सी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । साढे ४ बजे उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नेछन् ।

आइतबार बिहान साढे ८ बजे होटल सोल्टीमा चीन नेपाल द्वीपक्षीय वार्ता हुनेछ । उक्त वार्ता सकेर उनी साढे १० बजे स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*