सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने २ जना समातियो

तामसालिङ खबर
२४ आश्विन २०७६, शुक्रबार ०७:५०

असोज २४, काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

शनिबार नेपाल आउन लागेका राष्ट्रपति सिको स्वागतका लागि केही दिनअघिबाट सरकारले भब्य तयारी थालेको छ भने सुरक्षा व्यवस्था कडा पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*