‘छ माया छपक्कै’को बुकिङ खुल्ला

तामसालिङ खबर
२३ आश्विन २०७६, बिहीबार ०९:११

असोज २३, हेटौडा – यही असोज २४ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ आजबाट बुकिङ खुल्ला गरिएको छ । बर्षकै बहुप्रतिक्षित चलचित्र “छ माया छपक्कै” ले सोचेजस्तो व्यापार गर्नेमा निर्माण टिम ढुक्क भएको देखिन्छ ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतको मुख्य अभिनय रहेको छ ।

उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । दीपकराज गिरीको पटकथालाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् ।

जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । निर्देशक लामालाई निर्देशनमा दीपाश्री निरौलाले सघाएकी छन् । यसको कार्यकारी निर्माता रोहित अधिकारी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*