चिनियाँ राष्ट्रपति आउनेभएपछि श्रृंगारिदै काठमाडौँ

तामसालिङ खबर
२० आश्विन २०७६, सोमबार १३:०५

असोज २०, काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनफिङ आउने भएपछी काठमाडौंको मुख्य सडक फेरिएका छन् । यही असोज अन्तिम साता काठमाडौं आउने भएका उनको स्वागतका लागि रातारात काठमाडौंका स्वरूप फेरिएको हो ।

उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानहरू सजाइँदै छ । उनको राजकीय भ्रमणको लागि हिजो सम्म फुङ्ग उडेको देखिने सडकहरू चिल्लो पारिएको छ ।

झार उम्रिएर घारी भएको तीनकुने रातारात बोटबिरुवा र फूलले भरिएको छ । जमिनमा हरियो दुबो बिच्छ्याइएको छ । बिजुली बजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजलाई तस्बिरहरूले छोपिएको छ । खाल्डाखुल्डी भएका रोड रातभरिमा पिच भएर टिलिक्क टल्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*