त्रिवि उपकुलपतिमा कोइराला सहित तीनजना सिफारिस

तामसालिङ खबर
१८ आश्विन २०७६, शनिबार ०६:५९

असोज १८, काठमाडौं – शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सर्च कमिटीको वैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरीरामणि पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार दोस्रो नम्बरमा प्राध्यापक डा.धर्मकान्त बास्कोटा र तेश्रो नम्बरमा प्राध्यापक डा. चन्द्रमणि पौडलेको नाम सिफारिस गरिएको छ । सर्च कमिटीमा कमल गुरागाइ र डिल्ली शर्मा सदस्य थिए ।

त्रिभुवन विश्वविद्यालयमा तत्कालीन उपकुलपति तीर्थ खनियाको ४ वर्षे पदावधी सकिएपछि भदौ पहिलो साताबाट त्रिविमा उपकुलपति पद रिक्त थियो । शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई तीन महिनाका लागि उपकुलपतिको बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*