डिभी लोटरी खुल्यो, यस पटक देखि पासपोर्ट अनिबार्य

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार १८:१८

असोज १५, हेटौडा – सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म अनलाइन मार्फत आवेदन खोलेको हो ।

अमेरिकाको आप्रवासी ऐन(इमिग्रेसन एण्ड नेशनालिटी एक्ट)को व्यवस्था अनुसार डिभी मार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ ।

डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन । अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ । अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*