सकारात्मक समाचारलाई प्राथमिकता दिनु – मूख्यमन्त्री पौडेल

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार ०७:१५

असोज १५, हेटौडा – तिन नम्बर प्रदेशको मूख्यमन्त्री डोरमणी पौडेलले सकारात्मक समाचारलाई प्राथमिकता दिन संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबार रेडियो सन्देशको बर्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नु हुदै मूख्यमन्त्री पौडेलले अहिले जताततै नकारात्मक समाचार मात्रै आईरहेको भन्दै सकारात्मक समाचारलाई प्राथमिकता दिन पौडेलले आग्रह गरेका हुन् ।

उनले संचारकर्मीका समस्या समाधानका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताए । उनले वर्तमान सरकारले राम्रो काम गरिरहेको भन्दै आरोप लगाएर मात्रै नहुने बताए ।

रेडियोको अध्यक्ष सुनिल खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकारिता पुरस्कारबाट मणीराज गौतम, फुटसल विजेता, उपविजेता, रेडियोलाई सहयोग गर्ने महानुभावलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*