राष्ट्रिय कलाकारहरुको सहभागीता सर्लाहीमा दशैं विशेष सांस्कृतिक कार्यक्रम हुने
असोज १४, सर्लाही – हरिवनमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरिवन युथ क्लबको आयोजनामा यहिँ असोजको १८ गते शनिबार सनराइज माबिको प्रांगणमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।
चाडपर्वहरु नजिकिँदै गर्दा एक आपसमा शुभकामना आदान-प्रदान गर्दै भाइचाराको सम्बन्ध, आत्मीय सद्भाव कायम गर्दै मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको क्लबको अध्यक्ष प्रज्वल ढुंगानाले बताउनु भयो ।
सास्कृतिक कार्यक्रममा गायक आर.के. खत्री, द एक्स व्याण्ड, गायक अलमोडा राना उप्रेती र हाँस्यकलाकार जोगिन्दर पानवाला लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने क्लबको अध्यक्ष एबम कार्यक्रम संयोजक ढुंगानाले जानकारी गराए ।