हेटौडामा भव्य मनाइयो, सोनाम ल्होछार (फोटो फिचर)
माघ, हेटौडा – मकवानपुरका तामाङ समुदायले राष्ट्रिय पर्व सोनाम ल्होछार भव्यता साथ मनाएको छ । मन्जुश्री सम्वत् २८५९ (जल/स्त्री) ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडा स्थित टिसिएन चौरमा आइतबार ल्होछार सास्कृतिक महोत्सव गरि भव्यताका साथ मनाएको हो। गोर्खा ब्रुअरी नेपालको मुख्य प्रायोजन र हेटौडा उपमहानगरपालिकाको मुख्य सहयोगमा शनिबार र आइतबार दुईसम्म चलेको ल्होछार महोत्सव नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा भएको हो । ल्होछारको मुख्य दिन आइतबार महोत्सवमा हेटौडा उपमहानगरपालिका मिनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष एवम् ल्होछार सास्कृतिक महोत्सवको संयोजक धिरेन लामा सभाध्याक्षतामा कार्यक्रम भएको थियो । ल्होछार महोत्सवको प्रमुख अतिथि समेत रहनु भएका हेटौडा उपमहानगरपालिकाको प्रमुख मिनाकुमारी लामाले हाम्रो पुर्खा देखिको रितिरिवाज र परम्परा, संस्कार, सस्कृति र चालचलनको ईतिहासलाई कायम गर्दै आएको घेदुङको कार्य सराहनीय रहेको बताउनुभयो । घेदुङ कै कारण परम्परालाई जगेर्नाको लागि लडाई गर्दै आएर पाएको ईतिहासलाई अहिले सार्थकता पाएको ल्होछार बजार चोक तिर मात्र सिमित छैन अहिले गाउँ-गाउँमा मनाउन सफल भएको उहाले भन्नुभयो । हेटौडा उपमाहानगरपालिकाको नेतृत्व तहमा सबैको मतले एउटा महिलालाई पुर्याउन सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त समेत गर्नुभयो । उहाले भन्नु भयो, हेटौडा प्रदेश राजधानी रहेको कारण यहाँ सबैको साझा थलो बन्दै छ । सबै जातजाति, … Continue reading हेटौडामा भव्य मनाइयो, सोनाम ल्होछार (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed